समाज


सुर्खेतको राउटे गल्छेनामा जिप दुर्घटना, तीन जनाको मृत्यु

सुर्खेतको राउटे गल्छेनामा जिप दुर्घटना, तीन जनाको मृत्यु

नेपालखबर
फागुन २१, २०७६ बुधबार ७:४६,

सुर्खतमा जिप दुर्घटना हुँदा तीन जनको मृत्यु भएको छ भने जिपमा सवार अन्य चार यात्रु घाइते बनेका छन्।

बुधबार दिउँसो सुर्खेत वीरेन्द्रनगर–१५ स्थित राउटे गल्छेनामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलका अनुसार दुई जनाका घटनास्थलमा र उक जनाका अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो। ‘दुई जनाको घटनास्थलमै र एक जनाको उद्धारपछि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो’, नेपालखबरसँग कुरा गर्दै डीएसपी रावलले भने।

उनका अनुसार मृत्यु हुनेहरुमा सुर्खेतको चिडगाड गाउँपालिका ६ का ५० देवबहादुर खड्का, बाँकैको बैज्यनाथ गाउँपालिकाका ४२ खड्कबहादुर विसी र गोमा बुढाथोकी रहेका छन्।

 दैलेखको धरमपोखराबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ जिप अनयिन्त्रति भई सडकदेखि करिब ४०० मिटर तल खसेको हो।

 डीएसपी रावलका चार जना घाइतेहरुमध्ये दुई अवस्था गम्भीर रहेको र उनीहरुको वीरेन्द्रनगर अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको डीएसपी रावलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad