ad ad

समाज


प्रहरीका परिवारबाट सामाजिक दायित्व निर्वाह हुनु अनुकरणीय : महानिरीक्षक कुँवर

प्रहरीका परिवारबाट सामाजिक दायित्व निर्वाह हुनु अनुकरणीय : महानिरीक्षक कुँवर

नेपालखबर
भदौ ४, २०८१ मंगलबार २१:३५, काठमाडौँ

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेको बताए।

मंगलवार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै महानिरीक्षक कुँवरले कर्तव्य पालनाको सिलसिलामा प्रहरीहरुले व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्व निर्वाह गर्न नसकेपनि परिवारले कुशलतापूर्वक निर्वाह गरिरहेको बताए।

उनले नेपाल प्रहरी श्रीमती संघले गरेको काम अनुकरणीय भएको बताए।

संघले नेपाल प्रहरीका कार्य अशक्त र घाइते प्रहरी परिवारहरुको सीप विकास, क्षमता अभिवृद्धि, प्रहरी सन्ततीहरुको शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकास, दिवा शिशु स्याहार केन्द्रमार्फत प्रहरीका नाबालक सन्ततीहरुको रेखदेख गर्ने लगायतका काम गरिरहेको भन्दै प्रशंसनीय काम भएको बताए।

उनले प्रहरी कर्मचारीहरुका परिवारका सदस्यहरुले प्राप्त गरेको विविध कल्याणकारी सुविधा नेपाल प्रहरीका सकल दर्जाहरुको उच्च मनोबलको रुपमा रहेको पनि बताए।

यसले समग्र प्रहरीहरुको कार्य सम्पादनमा समेत सकारात्मक परिवर्तन ल्याएको उनको भनाई छ।

उनले प्रहरी श्रीमती संघले गरेका कामहरुका कारण नेपाल प्रहरीको छवि अभिवृद्धि भएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .