ad ad

समाज


गट्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न आईजीपीलाई गृहमन्त्रीको निर्देशन

गट्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न आईजीपीलाई गृहमन्त्रीको निर्देशन

गट्ठाघरमा बिहीबार सवारी दुर्घटनापछि आक्रोशमा उत्रिएका स्थानीय। तस्बिर : सरोज बैजु


नेपालखबर
साउन ३२, २०८१ शुक्रबार ८:१९, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले भक्तपुरको गट्ठाघरमा बिहीबार भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) लाई निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले दुर्घटनाको कारण खोज्न आईजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन्। 

गट्ठाघरमा भएको दुर्घटनाबारे दु:ख व्यक्त गर्दै उनले भने- गट्ठाघरको दुर्घटनामा के भएको हो? दुर्घटना हुनुमा कसैको गल्ती छ कि?  यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस्।

बिहीबार दिउँसो भक्तपुरको गट्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो।

ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौँको तीनकुनेस्थित बानेश्वर प्रहरी वृत्तले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .