ad ad

समाज


गट्ठाघर दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि

गट्ठाघर दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि

घटनास्थल


नेपालखबर
साउन ३२, २०८१ शुक्रबार ५:५२, काठमाडौँ

भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको खुलेको छ। 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले विज्ञप्ति जारी गरेर स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि गरेका हुन्। 

यसअघि दोलखाको मेलुङ गाउँपालिका ४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर दुर्घटनामा ज्यान गुमाउने आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले सुरुमा त्यही विवरण सार्वजनिक गरेको थियो। तर उनले गलत जानकारी दिएको खुलेपछि प्रहरीले सनाखतको लागि थप प्रयास गरेको थियो। 

मृतक झण्डै ४०/४५ वर्षको पुरुष भएको परिसरले जनाएको छ। तर, उनको सनाखत भने हुन सकेको छैन। 

‘साउन ३१ गते १३ ४० बजेको समयमा ठिमी नगरपालिका ३ गठ्ठाघरमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अन्दाजी ४०/४५ वर्षको पुरुषको मृत्यु भएकोमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिइ प्रारम्भिक अनुसन्धान कार्य गरी लाश पोस्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौँ लगिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

शव क्षतविक्षत भएकाले दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला हो कि पुरुष हो यकिन गर्नै प्रहरीलाई हम्मे परेको हो।

शम्भु नेपालीले दुर्घटनामा आफ्नी बहिनीको मृत्यु भएको जानकारी गराएपछि प्रहरीले सुरुमा त्यही विवरण सार्वजनिक गरेको थियो। 
आफ्नो मृत्यु भएको समाचार सार्वजनिक भएपछि ती युवती भने प्रहरीको सम्पर्कमा आएकी थिइन्। 

स्कुटरलाई ठक्कर दिने  ट्रक चालक भने सर्लाही मलंगवा नगरपालिका( २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ रहेको खुलेको छ। उनी आफैँ प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा राखेको छ। 

हेर्नुहाेस् भक्तपुर प्रहरीकाे विज्ञप्ति

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .