समाज


सिंगापुरका विद्यार्थीलाई लन्डनमा कोरोनाभाइरस भनेर कुटियो

सिंगापुरका विद्यार्थीलाई लन्डनमा कोरोनाभाइरस भनेर कुटियो

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ९:२,

२३ वर्षका जोनाथन मकलाई जातीयताको आधारमा मात्र जिस्क्याइएन् उनलाई निर्घात कुटिएको पनि साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

जोनाथन दुई वर्षयता युनिभर्सिटी कलेज लन्डनमा अध्ययनरत छन्। हालै उनी गृष्मकालिन बिदाका लागि सिंगापुर फर्किएका छन्।

सिंगापुरमा फर्किएसँगै बेलायतका युवाबाट आफू कुटिएको विषय उनले सार्वजनिक गरेका हुन्। सार्वजनिक भएको फोटोमा उनको आँखा सुन्निएको देखिएको छ।

गत डिसेम्बरमा चीनमा कोरोनाभाइरसको प्रकोप देखा परेको थियो। यसबीचमा सिंगापुरमा पनि कोरोनाको संक्रमण देखिएको छ। सिंगापुर र चीनका मानिस उस्तैउस्तै देखिन्छन्।

चिनियाँजस्तै देखिने मानिसहरु सबै यतिबेला बेलायतका नागरिकको जातिवादी टिप्पणी र हिंसाको शिकार बनेको जोनाथन बनाउँछन्।

चीनबाट कोरोना फैलिएकाले चिनियाँजस्ता देखिने सबैलाई कोरोनाभाइरस भनेर त्यहाँ जिस्क्याइने गरेको छ।

गत फेब्रुअरी २४ मा अक्सफोर्ड स्ट्रिटमा जब जोनाथन हिँडिरहेका थिए। उनलाई केही युवाले कोरोनाभाइरस भनेर जिस्क्याए। तर जोनाथन डराएनन्। उनले ती युवाहरुको प्रतिकार गर्न खोजे।

‘मलाई साह्रै रिस उठेको थियो’ जोनाथनले मंगलबार एससीएमपीसँग भने,‘यो हाँस्यास्पद हो उनीहरुले एसियाली मूलका नागरिकलाई निशाना बनाइरहेका छन्।’

जब उनले रुष्ट नजरले ती युवाहरुलाई हेरे तीमध्ये एकले भनेका थिए,‘हामीलाई हेर्ने आँट नगर्।’ त्यसपछि तीन चारजनाको समूहले आफूमाथि मुक्का र लात्ता प्रहार गरेको जोनाथन बताउँछन्।

लात्ता हान्दै एकजनाले भनेका थिए,‘मलाई तेरो देशको कोरोनाभाइरस चाहिँदैन्।’

जोनाथनका अनुसार उनको नाकबाट रगत बगेको थियो। आँखा सुन्निएको थियो। प्रहरी आएपछि मात्र ती युवाहरु भागेका थिए।

लन्डनको महानगरीय प्रहरीले सीसीटीभी फुटेजको आधारमा ती युवाहरुको खोजी गरिरहेको प्रतिक्रिया जनाएको छ। यद्यपी उनीहरु हालसम्म पक्राउ पर्न सकेका छैनन्।

जोनाथन लन्डनमा आफूहरुले पसलबाट चाहेको सामाग्री खरिद गर्नसम्म नसकेको गुनासो गर्छन्।

यो पनि।

बेलायतमा चिनियाँ नागरिकलाई ‘कोरोना भाइरस’ भनेर जिस्काइयो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad