ad ad

समाज


अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको स‌ंख्या ६ पुग्यो, ९९ संक्रमित

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको स‌ंख्या ६ पुग्यो, ९९ संक्रमित

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ५:४२,

कोभिड-१९ अर्थात् कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

कोरोना भाइरस संक्रमणबाट अमेरिकाको वासिङ्टनमै थप ४ जनाको मृत्यु भएको हो।

अमेरिकी स्वास्थ्य अधिकारीहरूका अनुसार सोमबार उनीहरूको मृत्यु भएको हो।

योसँगै कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको हो।

अमेरिकाको सियाटल र किङ काउन्टी जनस्वास्थ्य विभागले सोमबार पत्रकार सम्मेलन गरेर कोरोना संक्रमण हुने क्रम बढ्दै गएको भन्दै सावधानी अपनाउन आग्रह गरेकाे छ। 

विभागका प्रमुख स्वास्थ्य अधिकृत डाक्टर जेफ डकिनका अनुसार अहिलेसम्म अमेरिकाको वासिङ्टनमै कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको हो। त्यस्तै १८ जना संक्रमित छन्।

कोरोना संक्रमणका कारण अमेरिकामा पहिलोपटक शनिबार मृत्यु भएको थियो। त्यसलगत्तै त्यहाँका गभर्नर जे इन्स्लीले राज्यमा संकटकाल घोषणा गरेका थिए।

अमेरिकाका १० राज्यमा कोरोना संक्रमण फैलिएकाे पुष्टि भएको छ।

वासिङ्नट, क्यालिफोर्निया, न्युयोर्क, ओरेगन, फ्लोरिडा, रोड आइल्यान्डलगायतका राज्यमा गरी ९९ जनामा संक्रमण देखिएको हाे।

यसको संक्रमण बढ्दै गएपछि अतिप्रभावित मुलुकको यात्रा तथा विदेशी आगमनमा अमेरिकाले प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .