काठमाडौंको अनामनगरमा रहेको किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टलाई महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ।
खानेपानीमा किरा भेटिएपछि महानगरले रेस्टुरेन्टलाई कारबाही गरेको हो।
आइतबार उक्त रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ११ का वडा सदस्य यशोमती परियारले सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि पानीमा किरा सल्बलाएको देखेकी थिइन्।
कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइयो।
अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिइन्।
खानेपानी दुषित पाइएपछि सो कार्यक्रमसमेत स्थगित भएको थियो भने उक्त रेस्टुरेन्टलाई तत्काल कारबाही भएको हो।
— Nepalkhabar (@nepalkhabar) August 11, 2024काठमाडौँ महानगरले कार्यक्रम गरेको किम्ची फास्टफुड एण्ड तन्दुरी रेष्टुरेन्टले दिएको बोतलमा किरा भेटियो pic.twitter.com/moc2BQgyLt
Shares

प्रतिक्रिया