प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।
नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्।
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिस्रीले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए।
भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
378
Shares
प्रतिक्रिया