ad ad

समाज


जिल्ला अदालतका ३५ न्यायाधीश नियुक्तिको सिफारिस (सूचीसहित)

जिल्ला अदालतका ३५ न्यायाधीश नियुक्तिको सिफारिस (सूचीसहित)

न्यायपरिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र अन्य सदस्यहरू


नेपालखबर
साउन २५, २०८१ शुक्रबार १८:१४, काठमाडौँ

न्याय परिषद्ले ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला अदालतका ३५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

बैठक न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको थियो। बैठकमा कानुनमन्त्री अजय चौरसिया, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत र सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी थिए।

न्याय, सरकारी वकिल र कानुन समूहबाट वरीयता, योग्यता र समावेशिताका आधारमा न्यायाधीश छनोट गरिएको परिषद्का एक सदस्यले जानकारी दिए।

बैठकले उच्च अदालत, जनकपुरअन्तर्गत वीरगन्ज इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।

न्याय परिषद्को सिफारिसअनुसार बागचन्द र सबै जिल्ला न्यायाधीशको नियुक्ति प्रधानन्यायाधीशले गर्नेछन्।

यस्तै बैठकले २१ जना जिल्ला न्यायाधीशको सरूवा पनि गरेको छ।

बैठकले राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा न्यायाधीश राजनप्रसाद भट्टराईको सट्टामा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय पनि परिषद्ले गरेको छ।

यी हुन् जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस भएकाहरू-
नारायण रिमाल, 
जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, ताप्लेजुङ
यामबहादुर बानियाँ, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, नुवाकोट
रुद्रप्रसाद सुवेदी, उपन्यायाधियक्ता, महान्यायाधिवक्ताको कार्यालय
धर्मराज पौडेल, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, बारा
टंकबहादुर महत, उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
सुवर्णमान बनेपाली, उपन्यायाधिवक्ता, अख्तयार दुरुपयोग अनुसन्धान आयोग
तीर्थराज भट्ट, रजिस्ट्रार, उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास
सरिता रायमाझी, उपसचिव, युवा तथा खेलकुद मन्त्रालय
प्रतिमाकुमारी भट्टराई पोखरेल, उपन्यायाधिवक्ता, उच्च सरकारी वकिल कार्यालय, पाटन
शिवप्रसाद पराजुली, स्रेस्तेदार, रोल्पा जिल्ला अदालत
लालसिंह थापा, इजलास अधिकृत, सर्वोच्च अदालत (काज: उच्च अदालत पोखरा, बागलुङ इजलास)
शम्भुप्रसाद रेग्मी, इजलास अधिकृत, सर्वोच्च अदालत
दीपेन्द्रनाथ योगी, स्रेस्तेदार, जुम्ला जिल्ला अदालत
दुर्गाप्रसाद बस्याल, इजलास अधिकृत, सर्वोच्च अदालत
दीपक धिताल, इजलास अधिकृत, सर्वोच्च अदालत
मेघनाथ चापागाई, उपसचिव, न्याय परिषद् सचिवालय
मीनबहादुर कुँवर, इजलास अधिकृत, सर्वोच्च अदालत
इन्द्रकुमार खड्का, इजलास अधिकृत, सर्वोच्च अदालत
नवराज कार्की, इजलास अधिकृत, सर्वोच्च अदालत
राजु ढुंगाना, स्रेस्तेदार, पर्वत जिल्ला अदालत
हरिसिंह धामी, उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
अरुणकुमार झा, उपसचिव, प्रदेश सभा सचिवालय, मधेश प्रदेस
डोलनाथ न्यौपाने, इजलास अधिकृत, सर्वोच्च अदालत
दुर्गाप्रसाद भट्टराई, स्रेस्तेदार, ललितपुर जिल्ला अदालत
ईश्वर आचार्य, अनुसन्धान अधिकृत, सर्वोच्च अदालत
मोहनबहादुर अधिकारी, उपरजिस्ट्रार, सर्वोच्च अदालत
नारदप्रसाद भट्टराई, स्रेस्तेदार, सुनसरी जिल्ला अदालत
गोपालप्रसाद थापा, फैसला कार्यान्वयन अधिकारी, काठमाडौँ जिल्ला अदालत
चन्द्रदेव भारती, स्रेस्तेदार, कालिकोट जिल्ला अदालत
ठाकुरप्रसाद पौडेल, उपरजिस्ट्रार, सर्वोच्च अदालत
ऋतबहादुर पुलामी मगर, स्रेस्तेदार, भक्तपुर जिल्ला अदालत
जयन्ती अवस्थी भट्ट, इजलास अधिकृत, सर्वोच्च अदालत
दीक्षा प्रधानांग, सम्पादक, सर्वोच्च अदालत
शारदादेवी पौडेल, स्रेस्तेदार, सिन्धुपाल्चोक जिल्ला अदालत
देवी चौधरी, स्रेस्तेदार, राजस्व न्यायाधिकरण काठमाडौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .