ad ad

राजनीति


नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक छैन : शंकर पोखरेल

नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक छैन : शंकर पोखरेल

नेपालखबर
साउन २५, २०८१ शुक्रबार १६:४८, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक नरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा खेती गर्न छोडेसँगै वन क्षेत्र बढिरहेकाले वन क्षेत्र बढाउने योजना बाउन आवश्यक नरहेको बताए।

महासचिव पाेखरेलले नेपाल उर्वर भूमि रहेकाले बोटबिरुवा आफैँ उम्रिने र हरियाली बढ्ने अवस्था रहेको बताए।

मानिसहरूले खेती गर्न छोडेसँगै जनावहरु सो क्षेत्रमा वनको रुपमा उपयोग गरी बस्न थालेको उनको भनाई छ। उनले वन क्षेत्र बिस्तार गर्नेकुरा अब नेपालको चासोको विषय बनाइ रहन आवश्यक नरहेको बताए।

‘अब एक प्रकारले भन्नुहुन्छ भने नेपालमा वन क्षेत्र बढाउने भन्नेखालको योजना जरुरी छैन। किनकी त्यो जनावरहरुले नै बढाइदिएको बढाइदिएकै छन्’ पोखरेलले भने, ‘हाम्रो प्रकृति नै उर्वरा प्रकृति छ। त्यस अर्थमा वन क्षेत्र बिस्तार गर्नेकुरा अब नेपालको चासोको विषय बनिरहनु पर्छ भन्ने लाग्दैन। तर विगतमा हामीले संरक्षण नै मुख्यकुरा भन्ने अवस्थामा थियो भने अब कति आवश्यक हो भन्नेकुराको विश्लेषण आवश्यक छ।’

महासचिव पोखरेलले जनावर र मानवबीचको द्वन्द्वलाई सही रुपमा व्यवस्थापन गर्न नसके विष्फोटक रुप लिने जिकिर गरे।

उनले प्रकृतिको लाभ कम देख्न थालेपछि प्रकृतिको संरक्षण हुन नसक्ने बताए। अरुका लागि प्रकृति संरक्षण गर्ने नभइ आफ्ना लागि गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .