गएको २४ घण्टामा चीनभित्रभन्दा चीनबाहिर ९ गुणा बढी कोरोना भाइरस संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम गेब्रीससले बताएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै टेड्रोसले अहिले कोरोनाको प्रकोप मुख्यगरी कोरिया, इटली, इरान र जापानमा देखिएको भन्दै त्यसतर्फ ध्यान दिइएको बताए।
‘हामी हरेक क्षणको निगरानी गरिरहेका छौँ, तथ्यांक विश्लेषण गरिरहेका छौँ,’ उनले भने, ‘यदि प्रमाणले सुझायो भने हामी महामारी घोषणा गर्न हिच्किचाउँदैनौँ।’ एजेन्सी
3
Shares

प्रतिक्रिया