कारोबार


एन आई सी एशिया बैंकमा मुद्दती खाता खोल्दा सबैभन्दा बढी फाइदा!

एन आई सी एशिया बैंकमा मुद्दती खाता खोल्दा सबैभन्दा बढी फाइदा!

नेपालखबर
फागुन १९, २०७६ सोमबार १६:४,

एन आई सी एशिय बैंककले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा पनि दिँदै आएको छ। सर्वाधिक उच्च ब्याजदर पाइने खाताको रुपमा चिनिएको मुद्दती निक्षेप खातामा एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बीमा सुविधा पनि थप गरेको हो।

यसअघि विभिन्न अविस्वासनीय सुविधाहरु दिदै आएको बैंकको व्याक्तिगत मुद्दती खातामा ग्राहक महानुभावहरूको लागि तीन विभिन्न अतुलनिय बीमा सुविधा दिएको छ। जसले परम्परागत रुपमा रहेको मुद्दती निक्षेप खाताको परिभाषा नै फेरिदिएको छ।

बैंकले ग्राहकहरुको सुविधाको लागि न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता मार्फत जीवनमा आईपर्न सक्ने अकल्पनीय जोखिमको भरपाई गर्न २१ लाख रुपैयाँसम्मको चमत्कारिक बीमा सुविधा दिएको छ। बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ। यस्तै, ग्राहकले १८ घातक रोगहरुको लागि १० लाख रूपैयाँसम्म र १ लाख रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्नेछन्। ग्राहकले बहिरंग उपचार गर्नु परेमा २० हजार रुपैयाँ सम्मको सुविधा लिन सक्नेछन्। यो २० हजारले डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि लगायतका काममा खर्च गर्न सकिनेछ। ग्राहक सिकिस्त विरामी भइ अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएमा बैंकले ८० हजार रुपैयाँसम्म बीमाबाटै खर्च गर्न सकिनेछ।

बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट रु ६० लाख भन्दा बढीको बीमा रकम प्राप्त गरिसकेका छन्। एन आई सी एशिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरुको लागि निकै फाइदा पुग्ने बैंकले विश्वास लिएको छ। २१ लाखसम्मको बीमा सर्वसाधारण आफैले गर्नु परेमा करिब १४ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने हुन्छ। तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क (प्रिमियम) सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड लाई बैंकले सम्झौता गरे अनुरुप भुक्तानी गरिदिन्छ। जसले गर्दा ग्राहकले कुनैपनि अतिरिक्त शुल्क खर्च नगरि १४ हजार रुपैयाँको सेवा लिन सक्नेछन्।

न्यूनतम १ लाख वा सो भन्दा बढीको मुद्दती निक्षेप खातामा भने १२ लाख ५० हजार रूपैयाँसम्म बीमा सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा दिएको छ। यस्तै, ग्राहकले १८ घातक रोगहरुको लागि २ लाख रूपैयाँसम्म र ५० हजार रूपैयाँसम्मको औषधी उपचार बीमा सुविधा पाउन सक्नेछन्।

ग्राहकहरूले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा यो फाइदा लिन सक्नेछन्। बैंकर्स संघमा भएको भद्र सहमती अनुसार बैंहरुले मुद्दती निक्षेप खातामा ९.२५ प्रतिशत सम्म ब्याज पाउनेछन्। त्यसमा शाखा प्रमूखले बढीमा ०.५० प्रतिशत सम्म ब्याजदर थप्न सक्छन्। त्यसैले प्राय सबै बैंकले मुद्दती निक्षेप खातामा बढीमा ९.७५ प्रतिशत सम्म ब्याज दिन्छन्। एन आई सी एशिया बैंकले भने सर्वाधिक उच्च ब्याजदर सँगै आफ्ना ग्राहकवर्गको फाइदाको लागि २१ लाख रूपैयाँसम्मको बीमा सुविधा थप गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad