प्रहरीले काठमाडौँको गाेँगबु र कोटेश्वरबाट अवैध लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ।
गाेँगबु नयाँ बसपार्कबाट खैरो हेरोइन १५ ग्राम पाँच सय मिलिग्राम, नगद रु ४० हजार र तीनथान मोबाइलसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीकाे राजविराज नगरपालिका–९ घर भएका २४ वर्षीय पवनकुमार मेहता र उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका २७ वर्षीय अनिल परियार छन्।
त्यसैगरी नरेफाँटबाट अवैध लागु औषध खैरो हेरोइन ६ सय ४० मिलिग्राम र मोबाइल दुई थानसहित दुईजना पक्राउ परेका छन्।
सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका–६ घर भएका ३३ वर्षीय धर्मेन्द्र सिंह र सिराहाको मिर्चैया नगरपालिका–५ घर भएका ३३ वर्षीय अनिल साहलाई उनीहरुकै डेराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस
12
Shares

प्रतिक्रिया