समाज


यूएईका नेपालीमा रक्सी खाएर झगडा गर्ने प्रवृत्ति बढेपछि...

यूएईका नेपालीमा रक्सी खाएर झगडा गर्ने प्रवृत्ति बढेपछि...

फाइल तस्बिर : यूएई


नेपालखबर
साउन २४, २०८१ बिहिबार १२:२८, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरूमा मादक पदार्थ पिएर झैझगडा गर्ने प्रवृत्ति बढेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले सूचना जारी गरी सचेत गराएको छ। 

सूचनामार्फत दूतावासले नेपालीहरूलाई आफू बस्ने र काम गर्ने ठाउँमा सभ्य व्यवहार प्रदर्शन गर्न अनुरोध गरेको छ। 

‘हालका दिनमा नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको जानकारी यहाँको सम्बन्धित निकायबाट प्राप्त हुन आएको हुँदा यसतर्फ सचेत रहन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्समा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू नेपालका सद्‌भावना राजदूतका रूपमा रहेको हुँदा आफू रहे/बसेको र कार्य गर्ने स्थलमा सभ्य व्यवहार प्रदर्शन गर्न नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ।’

यस्तै दूतावासले आफ्नो कार्यालय परिसर बाहिर पनि मादक पदार्थ खाएर वा नखाई हुलहुज्जत गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई अपशब्द प्रयोग गरी गाली गर्ने गरेको पाइएको भनी कारबाही हुने चेतावनी पनि दिएको छ।

यस्तो छ दूतावासको पूरा सूचना-

संयुक्त अरब इमिरेट्समा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू नेपालका सद्‌भावना राजदूतका रूपमा रहेको हुँदा आफू रहे/बसेको र कार्य गर्ने स्थलमा सभ्य व्यवहार प्रदर्शन गर्न नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ। हालका दिनमा नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको जानकारी यहाँको सम्बन्धित निकायबाट प्राप्त हुन आएको हुँदा यसतर्फ सचेत रहन सम्बन्धित सबैमा जानकारी गराइन्छ। यसैबीच पटकपटक राजदूतावास परिसरबाहिर मादक पदार्थ सेवन गरी वा नगरी हुलहुज्जत गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरूलाई अपशब्द प्रयोग गरी गाली गर्नेलाई यूएई सरकारका तर्फबाट ड्युटीमा तैनाथ सुरक्षाकर्मीको सूचनाका आधारमा यूएईका प्रहरीले कारबाही गर्ने गरेको सन्दर्भमा यूएईको ऐन, कानुन, नियम, मूल्य मान्यताको पूर्ण पालना गरी सोहीअनुरूप व्यवहार गर्नुहुन यूएईमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राजदूतावास हार्दिक अनुरोध गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad