समाज


हेलिकप्टर दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय आयोग गठन

हेलिकप्टर दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय आयोग गठन

तस्बिर सरोज बैजु


नेपालखबर
साउन २३, २०८१ बुधबार १८:२, काठमाडौँ

सरकारले नुवाकोट हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँच आयोग गठन गरेको हो।

आयोगमा विष्णु बस्न्यात र तनुजा पोखरेल सदस्य छन्। बस्न्यात सिम्रिक एयरका मेन्टिनेन्स मेनेजर र पोखरेल पर्यटन मन्त्रालयकी सीडीई (एरोनटिकल) हुन्। पोखरेलले आयोगको सदस्यसचिवका रूपमा पनि काम गर्नेछन्।

आयोगलाई ३० दिनको समयावधि दिइएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा बुधबार ५ जनाको मृत्यु भएको थियो।

काठमाडौँबाट रसुवाको स्याफ्रबेसीतर्फ गइरहेको हेलिकप्टर नुवाकोटको  शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको थियो। हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad