कारोबार


सांसदको सेयरबजारविरोधी अभिव्यक्तिपछि लगानीकर्ताका संगठनको आपत्ति

सांसदको सेयरबजारविरोधी अभिव्यक्तिपछि लगानीकर्ताका संगठनको आपत्ति

नेपालखबर
साउन २३, २०८१ बुधबार १८:४, काठमाडौँ

सेयरबजार परिसूचक नेप्सेमा पछिल्लो एक महिनायता देखिएको वृद्धिलाई लिएर सांसदहरुले सेयरबजारविरोधी अभिव्यक्ति दिएको भन्दै लगानीकर्ताले आपत्ति जनाएका छन्।

बुधबार जनरल इन्भेस्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै पुँजीबजारबारे नाम नै तोकेर अभिव्यक्ति दिनु गलत भएको उल्लेख गरेका हुन्। 

यसअघि पूर्वअर्थमन्त्री प्रकाश शरण महत, सांसद अमरेश कुमा सिंह र राजन दाहाल लगायतले बजारमा अस्वाभाविक वृद्धि देखिएको भन्दै कम्पनीको समेत नाम तोकेर कडाइ गर्नुपर्ने अभिव्यक्ति दिएका थिए।

सोको भोलिपल्टै सेयरबजारमा १४५ अंकको गिरावट आएपछि लगानीकर्ताका संगठनहरुले विज्ञप्ति निकालेर कारबाहीको माग गरेका हुन्। 

उनीहरुले विज्ञप्तिमार्फत सेयरबजार घट्दा लगानीकर्ताले सम्पत्ति गुमाउनुपरेको बेला नबोल्नेले कमाउने बेला बोलेर बजार घटाउन खोजेको आरोप लगाएका हुन्।

‘३२ सय विन्दुबाट १८ सयको विन्दुसम्म आइपुग्दा लगानीकर्ताले २५ खर्बभन्दा बढी रकम गुमाइसकेको अवस्थामा कुनै पनि नियामक निकाय वा सांसदबाट आवाज उठेन। लगानीकर्ता तड्पिरहे तर अहिले करेक्सन भइरहेको बजारलाई प्रभावित पार्न खोजियो’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad