समाज


नवलपरासीमा साढे सात क्विन्टल बढी गाँजा बरामद, दुईजना पक्राउ

नवलपरासीमा साढे सात क्विन्टल बढी गाँजा बरामद, दुईजना पक्राउ

फाइल फोटो


नेपालखबर
साउन १४, २०८१ सोमबार २१:५, काठमाडौँ

भारतीय कन्टेनरमा साढे सात क्विन्टलभन्दा बढी गाँजा तस्करी गर्दै गरेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट ट्रक बरामद गरिएको छ

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत देवचुली नगरपालिका–२ हमाल चोकबाट गाँजा तस्करी गर्दै गरेका ट्रक र ट्रकलाई स्कर्टिङ गर्दै आइरहेको कारमा सवार दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीले जाँच गर्ने क्रममा एनएल ०१ ५५४४ नम्बरको भारतीय कन्टेनरमा सामान राख्ने स्थान (क्यारी) र क्याबिनको बीच भागमा फल्स बटन बनाइ कन्टेनरको भित्ता जस्तै गरी वेल्डिङ गरेको भागलाई फोडेर हेर्दा २४ बोरामा सात सय ६९ किलोगाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए। ट्रकलाई स्कटिङ गरी आउँदै गरेको बागमती प्रदेश ०१–०२६–च ५१५९ नम्बरको कारलाई पनि नियन्त्रणमा लिइएको छ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार गाँजा बोकेको ट्रकका चालक चितवन जिल्ल राप्ति नगरपालिका–३ का ३३ वर्षका मदन लामा र राप्ति नगरपालिका–१ का ३२ वर्षीय दिनेश लामा पक्राउ परेका छन्।

‘गाँजासहितको भारतीय कन्टेनर पूर्वपश्चिम राजमार्ग हुँदै भारततर्फ जाँदै गरेको गोप्य सूचनाका आधारमा उक्त परिमाणमा गाँजा भेटिएको हो’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad