समाज


धुलीखेल अस्पतालमा अपरेसनबाट जन्मिएका नवजात शिशुसहित आमाको मृत्यु

धुलीखेल अस्पतालमा अपरेसनबाट जन्मिएका नवजात शिशुसहित आमाको मृत्यु

नेपालखबर
साउन ९, २०८१ बुधबार १७:२७, काठमाडौँ

काभ्रेपलाञ्चोकको धुलीखेल अस्पतालमा सुत्केरी महिला र नवजात शिशुको ज्यान गएको छ।

अपरेसनबाट बच्चा निकालिएकी नमोबुद्ध नगरपालिका–९ का कान्छामान लामा तामाङकी श्रीमती ३० वर्षीया माईली माया तामाङ र उनको नवजात शिशुको मृत्यु भएको हो।

३२ हप्ता ४ दिनकी गर्भवती माईलीको देखिनै मेथिनकोट अस्पताल भकुण्डेमा चेक जाँच गरेकोमा साउन ७ गते बिस्तृत चेक जाँचका लागि धुलिखेल अस्पताल ल्याइएको थियो।  

आमा र नवजात शिशुको अवस्था राम्रो नभएकोले साउन ९ गते साँझ उनको अप्रेसन गरी बच्चा निकालेकोमा १ः२० बजे मृत्यु भएको थियो।

पछि आमाको समेत अवस्था गम्भीर भई आईसीयूमा राखी उपचारको क्रममा सोही दिन अन्दाजी ३ः१५ बजे मृत्यु भएको थियो।

सो विषयमा अस्तालमा तनाव भएपछि गरिएको छलफलसमेत निष्कर्षविहीन भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad