ad ad

कला


‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक

‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक

नेपालखबर
साउन ९, २०८१ बुधबार १७:३६, काठमाडौँ

आगामी साउन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा प्रेम र द्वन्द्वलाई प्रस्तुत गरिएको छ। गाउँको मुखिया बनेका अभिनेता सरोज खनालको हुकुमी शैलीलाई ट्रेलरमा देखाइएको छ। उच्च र तल्लो वर्गका बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने परिस्थिति वरिपरि ट्रेलर घुमेको छ।

ट्रेलरमा मुख्य भूमिकामा रहेका कलाकाहरु नम्रता सापकोटा उच्च वर्ग र गौरव पहाडी तल्लो वर्गको प्रतिनिधित्व गरेको बुझ्न सकिन्छ।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशक राजु गिरी हुन्। फिल्ममा गौरव र नम्रतासहित विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .