ad ad

समाज


नारायणीमा भेटिएको एउटा शव सिमलताल दुर्घटनाको नभएको पुष्टि

अन्य ५ शवको सनाखत भएन
नारायणीमा भेटिएको एउटा शव सिमलताल दुर्घटनाको नभएको पुष्टि

नेपालखबर
साउन ८, २०८१ मंगलबार १२:१९, काठमाडौँ

नारायणी नदीमा फेला परेको एउटा शव सिमलताल दुर्घटनामा परेका यात्रुको नभएको पुष्टि भएको छ। दुर्घटनामा परेका भनिएका २५ यात्रुको शव फेला परेको भनिए पनि एउटा शव अर्कैको भएको सोमबार सनाखत भएको छ। 

सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, साउन ४ गते पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको केउरनीस्थित नारायणी किनारमा फेला परेको महिलाको शव दुर्घटनामा परेका यात्रुको नभएको पुष्टि भएको छ। 

उक्त शव पाल्पा रामपुर नगरपालिका १ ठूलोबेसीस्थित कालिगण्डकी नदीबाट साउन २ गते दिउँसो १ बजेदेखि बेपत्ता ५२ वर्षकी मायादेवी विकको रहेको खुलेको छ। 

उनका छोरा राम बहादुर विकले सनाखत गरी शव बुझेर लगेका छन्। 

प्रहरीले नारायणी नदीको किनार हुँदै भारतसम्म फेला पारेका ५ वटा शवको पनि सनाखत हुन सकेको छैन। असार ३० गते सिसवारमा भेटिएको पुरुषको शव, असार ३१ गते त्रिवेणी ब्यारेजमा फेला परेको शव र साउन १ गते गैँडाकोटमा फेला परेका पुरुषको शवको पनि सनाखत हुन सकेको छैन।

साउन ३ गते सिसवारघाटमा फेला परेका शव र भारतको बगाहामा एसएसबीले फेला पारेको पुरुषको शवको पनि सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा ६२ यात्रु बेपत्ता भएकामा १९ जनाको शव भने सनाखत भएर आफन्तले बुझेका छन्। 

गत असार २८ गते नारायणगढ मुग्लिङ सडकखण्ड अन्तरगत सिमलतालमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एन्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सलाई पहिरोले बगाएर त्रिशूली नदीमा खसालेको थियो।

यी दुई बसमा ६५ जना यात्रु रहेकोमा ३ जना बच्न सफल भएका थिए। 

तर अधिकांशको भने अझै शव फेला पर्न सकेको छैन। अहिले भारतबाट पनि तालिमप्राप्त जनशक्ति ल्याएर खोजी कार्य भइरहेको छ।

तर, उनीहरूले पनि दुई दिन खोज्दा केही फेला पार्न सकेका छैनन्। मंगलबार पनि खोजी कार्य भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .