ad ad

समाज


सुत्केरी दिदीलाई सहयोग गर्न गएकी थिइन् जुनमाया

११ दिने शिशुलाई सेकाउन बालेको आगोको धुवाँमा निसासिएर दिदीबहिनीकै मृत्यु
सुत्केरी दिदीलाई सहयोग गर्न गएकी थिइन् जुनमाया

घटनास्थल


दिनेश बुढा
साउन ८, २०८१ मंगलबार १२:३१, सुर्खेत

जुम्लाको चन्दननाथ नगरपालिकाको कालेखोलीमा धुवाँमा निस्सासिएर दिदीबहिनीको मृत्यु भएको छ। 

पातारासी गाउँपालिका- ६ घर भएका उनीहरुको धुवाँले निस्सासिएपछि उपचारका क्रममा मृत्यु भएको हो। उनीहरु चन्दन्दननाथ नगरपालिका बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मुत्यु हुनेमा ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया रोकाया रहेका छन्। जुनमाया सुत्केरी दिदीलाई सहयोग गर्न गएकी थिइन्। 

आइतबार साझ ११ दिनको शीशुलाई सेक्ने क्रममा निस्सासिएका उनीहरुको सोमबार बिहान उद्धार भएको थियो। उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। 

११ दिनकी सुत्केरी मायालक्ष्मीको उपचारको क्रममा सोमबार मृत्यु भएको हो भने उनकी १९ वर्षीय बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी छेदीलाल कामतीकाअनुसार तीनै जनालाई सोमबार बिहान सवा सात बजे उपचारका लागि कर्णाली शिक्षण अस्पतालमा लगिएको थियो। 

 ‘जानकारी पाउनसाथ हामी घटनास्थल पुगेका थियौँ। त्यहाँ पुग्दा सुत्केरीलाई तताउन आगो बालेको र घटनास्थलमा धुवाँको प्रभाव बाँकी नै थियो,’ डीएसपी कामतीले नेपालखबरसँग भने, ‘सोमबार बिहान अबेरसम्म नउठेपछि आफन्तले ढोका फोडेर हेदाए ११ दिनका शिशुसँगै दिदीबहिनी निस्सासिएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।’

उनीहरू दुईतले घरमा बस्दै आएका थिए। सुत्केरी भएकाले तेलमा मेथी तताउन र ११ दिनको बच्चालाई सेकाउनका लागि आगो बालिएको थियो। त्यहीँ आगोको धुँवाले सुत्केरी, उनकी बहिनी र बच्चा निस्सासिएको प्रहरीले अनुमान गरेको छ।

सुत्केरी सेक्न बालेको आगोको कोइलाको धुवाँमा निस्सासिएर ११ दिनका शिशु समेत बिरामी परेका प्रहरीले जनाएको छ।

डीएसपी कामतीले शिशुको कर्णाली शिक्षण अस्पतालको आइसीयुमा उपचार भइरहेको जानकारी दिए।

पतारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले मायालक्ष्मीको घर पातारासी गाउँपालिका- ६ मा र चन्दननाथ नगरपालिका दुबै ठाउँमा छ। तर, उनीहरु चन्दनाथमा बस्दै आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .