ad ad

समाज


सरकारले फेरि ‘सगरमाथा संवाद’ आयोजनाको तयारी थाल्ने

सरकारले फेरि ‘सगरमाथा संवाद’ आयोजनाको तयारी थाल्ने

'सगरमाथा संवाद'को लोगो सार्वजनिक गर्दै तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली (फाइलत तस्बिर)


नेपालखबर
साउन ६, २०८१ आइतबार १७:२७, काठमाडौँ

सरकारले फेरि ‘सगरमाथा संवाद’ आयोजना गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा विश्वासको मत माग्ने क्रममा प्रस्तावित सगरमाथा संवादको आयोजनाका लागि तयारी थाल्ने जानकारी गराए।

‘जैविक विविधता तथा पर्यावरण प्रणालीको दिगो संरक्षण गर्ने र जलवायु परिवर्तनका असर कम गर्नेगरी रणनीति तर्जुमा गरी कार्यान्वयन गर्नेछौंँ,’ ओलीले भने, ‘जलवायु परिवर्तन तथा माउण्टेन इकोनमीप्रति विश्वको ध्यानाकर्षण गर्ने समेतको उद्देश्यले प्रस्तावित सगरमाथा संवादको परराष्ट्र मन्त्रालयले तयारी गर्नेछ।’

ओली नै प्रधानमन्त्री भएका बेला २०७७ चैत २०, २१ र २२ गते सगरमाथा संवाद आयोजना गर्ने मिति तय भएको थियो। संवादको नारा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ तय भएको थियो। 

तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार १० मुलुकबाट उच्चस्तरको राजनीतिक संलग्नता र २० वटा मुलकबाट राजनीतिक उपस्थिति हुने पक्का भएको थियो। तर लगत्तै कोरोना भारसले विश्वव्यापी महामारीको रुप लिएपछि फेरि आयोजना गर्ने गरि सगरमाथा संवाद स्थगन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .