ad ad

राजनीति


संसद्को रोस्ट्रमबाट पूर्वमन्त्रीले भने– छोराको प्रमाणपत्रका लागि सानोठिमीमा ५ हजार घुस दिएँ

संसद्को रोस्ट्रमबाट पूर्वमन्त्रीले भने– छोराको प्रमाणपत्रका लागि सानोठिमीमा ५ हजार घुस दिएँ

नेपालखबर
साउन ६, २०८१ आइतबार १७:३९, काठमाडौँ

पूर्वमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले शिक्षा मन्त्रालय अन्तर्गत रहेको सानोठिमी कार्यालयमा आफूले हिजोमात्रै ५ हजार घुस दिएको दाबी गरेका छन्। 

प्रतिनिधिसभाको रोस्ट्रमबाटै सांसद महतोले देश समृद्ध बनाउने हो भने निजामती कर्मचारीलाई परिवार चलाउने गरी तलबको व्यवस्था गर्न आग्रह गरे। 

छोराको सर्टिफिकेट (प्रमाणपत्र) इक्युभ्यालेन्ट (समकक्षता) का लागि  जाँदा घन्टौँसम्म काम नभएपछि ५ हजार घुस दिनासाथ ५ मिनेटमै काम भएको उनको भनाइ थियो। 

‘हाम्रो आफ्नो बारेमा मात्रै नसोचौँ। यो देश समृद्ध बनाउने हो भने नीजामति कर्मचारीलाई परिवार चलाउनेगरी तलबको व्यवस्था गरौँ। म एउटा सानो उदाहरण दिन चाहन्छु, म भूपू मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु। कसले पत्याउनुहुन्छ? पत्याउनुहुन्छ?,’ उनले प्रश्न गरे। 

भिडिओ हेर्नुहोस्:

उनले अघि थपे, ‘मेरो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो। मैले ११ बजे पठाएको ३ बजेसम्म गरिदिएन्। यो मिलेन त्यो मिलेन भनियो। म आफैँ गएँ। त्यसपछि त्यो एउटा अधिकृतले के भन्यो भने, यो कागज मिलेको छैन।’

त्यसपछि ती अधिकृत चिया खान भनेर गएको र ४ बजेसम्म पनि नआएपछि आफूले बिचौलियामार्फत ५ हजार घुस दिएको जिकिर उनले गरे। 

‘मैले भने १० औँ विद्यार्थीले मिलेको छ यो किन नमिल्ने? उसले त्यसपछि चिया खाने टाइम भएको छ भन्दै ४ बजेसम्म आएनन्। मैले एउटा विचौलियालाई गएर ५ हजार रुपैयाँ दिएँ। म बसिरहेँ, ५ मिनेटमा काम गराइदिए। अनि हामी भ्रष्टाचार रोक्ने र सुशासन रोक्ने कुरा गर्छौँ। कहाँबाट रोक्ने?,’ सांसद महतोले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .