ad ad

समाज


सचिव तोयानाथ अधिकारीले अवकाश हुनु ५ महिनाअगावै किन दिए राजीनामा?

सचिव तोयानाथ अधिकारीले अवकाश हुनु ५ महिनाअगावै किन दिए राजीनामा?

नेपालखबर
साउन ५, २०८१ शनिबार १३:३९, काठमाडौँ

नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ। 

आफूले एक हप्ताअघि दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको अधिकारीले शनिबार नेपालखबरलाई बताए।  

उनी ५८ वर्षीय उमेर हदअनुसार आगामी मंसिर २८ गते अवकाश पाउँदै थिए। तर त्यसको ५ महिनाअगावै उनले राजीनामा दिएका हुन्। 

किन त? नेपालखबरको जिज्ञासामा अधिकारीले भने, ‘मेरा आफ्नै घरासयसी कारण राजीनामा दिएको हुँ।’ 

उनले योभन्दा बढी खुलाउन चाहेनन्। त्यसो त उनी सचिव पदमा बढुवा भएको साढे ३ वर्ष भइसकेको थियो। 

अधिकारीले लामो समय सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवका रूपमा काम गरेका थिए।

उनी २०५० सालमा निजामती सेवा प्रवेश गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .