ad ad

समाज


पोखरामा डुबेर तीनजनाको मृत्यु

पोखरामा डुबेर तीनजनाको मृत्यु

नेपालखबर
साउन ४, २०८१ शुक्रबार २०:४९, काठमाडौँ

पोखरामा आज भएका दुई छुट्टाछुट्टै घटनामा खोला र तालमा डुबेर तीनजनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

मृत्यु हुनेमा पोखरा–१ मोहरियाटोलका १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा–२ बाग्लुङ बसपार्कका १८ वर्षीय स्वयम ताम्राकार रहेका छन्। उनीहरू साथीहरूका साथ पौडी खेल्न गएका थिए।

यसैगरी पोखरा महानगरपालिका–२६ गुदेतालमा आज डुबेर ६ वर्षीय सचिन परियारको मृत्यु भएको छ। बुबा विकास परियारसँग गएका उनी अचानक तालमा डुबेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .