ad ad

समाज


न्युरोडमा बालेन्द्रको पुत्ला दहन

न्युरोडमा बालेन्द्रको पुत्ला दहन

नेपालखबर
साउन ४, २०८१ शुक्रबार २१:१३, काठमाडौँ

काठमाडौँ महानगरपालिका वडा नं २२ स्थित न्युरोडका स्थानीयले महानगरपालिका मेयर बालेन्द्र शाहको पुत्ला दहन गरेका छन्।

न्युरोडमा महानगरपालिकाले फुटपाथ बढाउन थालेपछि विरोधमा उत्रिएका स्थानीयले शुक्रबार साँझ मेयर शाहको पुत्ला जनाएका हुन्।

शुक्रबार काठमाडौँ महानगरपालिकाले वडा नं २२ स्थित न्युरोड परिसरमा फुटपाथ बढाउने काम गरेको थियो।

केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडी बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम सुरु गरेको थियो।

स्थानीयले फुटपाथ बढाउने कामको विरोध गर्दै अवरोध गरेका हुन्।

उनीहरूले महानगरपालिका विरुद्ध नाराबाजी गर्दै काममा अवरोध गरेका थिए।

काठमाडौँ महानगरपालिकाले भने कानूनको परिपालना गर्दै काम गरिएको भन्दै अवरोध गर्नेहरुले अदालतको आदेशको अवहेलना गरेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .