समाज


धार्मिक हिंसा भड्किरहेको दिल्लीमा मुस्लिमले दिए हिन्दु युवतीको बिहेमा सुरक्षा

धार्मिक हिंसा भड्किरहेको दिल्लीमा मुस्लिमले दिए हिन्दु युवतीको बिहेमा सुरक्षा

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ११:२५,

उत्तर पूर्वी दिल्लीमा भएको हिंसात्मक प्रदर्शनका कारण मुस्लिम बहुल क्षेत्रमा बस्ने एक हिन्दूु युवती विवाद रद्द भएको थियो। हिंसात्मक प्रदर्शनका कारण मुस्लिम बहुल क्षेत्रमा बस्ने उक्त हिन्दु परिवारले सम्पूर्ण तयारी पूरा गरेर अन्तिम समयमा विवाह रद्द गर्न बाध्य भएको थियो।

उत्तरपूवी दिल्लीको चाँदबाग जिल्लाको साधुरो गल्लीमा रहेको भोदय प्रसाद की छोरी साबित्रीको बिहे रोकिएको थियो।

मंगलबार (फेबु्रअरी २५) मा दुलीको भेषमा सजिएकी सावित्री घरमा रोइरहेकी थिइन्। त्यसदिन शहरमा हिंसात्मक प्रदर्शन भएको थियो र केहीले ज्यान समेत गुमाएका थिए। त्यही दिन उनको विवाहको दिन थियो। हिंसा भड्केको देखेपछि सावित्रीका बुबाले उनको बिहे भोलिपल्ट गर्ने निर्णय गरे। उनले छिमेकमा बस्ने मुस्लिमहरु पनि आफ्नो परिवारको सदस्यजस्तै भएका कारण उनीहरुको उपस्थितिमा उनले राहत महसुस गरेका थिए।

शहरमा युद्ध भड्किए पनि मुस्लिम युवाहरुले ती हिन्दु युवतीको  विवाहमा सुरक्षा प्रदान गरेका थिए। ‘आज मेरा मुस्लिम भाइहरुले मेरो रक्षा गर्दैछन्’, सावित्रीले भनेकी छन्। विवाहको सम्पूर्ण कार्यक्रम भोदयको घरमै भएको थियो। घरमा सावित्रीको बिहे हुँदै गर्दा घर अगाडिको मुख्य सडकमा युद्ध जारी थियो। उनीहरुले हेर्दा हेर्द केही गाडी र पसलमा आगो समेत लाग्यो। तर, यसले विवाहलाई कुनै असर गरेन्।

नागरिकता कानुनको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि अहिलेसम्म दिल्लीमा मृत्यु हुनेको संख्या ४१ पुगेको छ। सयौँको संख्यामा घाइते बनेका छन्।

विवाहको दिन सम्झँदै सावित्रीका बुबा भोयाद प्रसाद भन्छन्, ‘फेब्रअरी २४ र २५ मा चारैतिर धुँवामात्रै देखिन्थ्यो। यो एकदमै डरलाग्दो दृश्य थियो। हामी केवल शान्ति चाहन्छौं।’ उनले थपे, ‘यो हिंसाको पछाडि को छ भनेर हामीलाई थाहा छैन। हिंसा भड्काउने मेरा छिमेकी होइनन्। यहाँ हिन्दु र मुस्लिमबीच कुनै दुस्मनी छैन।’

सोमबार साँझ सावित्री प्रसादले विवाहको पूर्व तयारीस्वरुप हातमा मेहन्दी लगाउने कार्यक्रम थियो। तर, हिंसा नियन्त्रणभन्दा पहिले नै बाहिर गइसकेको थियो। चारैतिर चिच्चाहट र कोलाहलमात्रै सुनिन्थ्यो। त्यस्तो बेला पनि साबित्रीले मेहन्दी लगाएकी थिइन्। किनभने उनलाई अर्को दिन अवस्था सुधार हन्छ भन्ने आश थियो।

विवाहका लागि दुलहा दुलीको घर आइपुग्दासाथ मुस्लिम छिमेकीहरू आशीर्वाद दिन भेला भए। विवाह समारोह सुरु भयो। पण्डितले मन्त्र पढ्न थाले। दुलहा दुलहीले घरभित्र बनाइएको विवाह मण्डपमा फेरो लगाए। हिन्दू र मुस्लिमबीच द्वन्द्व चर्किरहेका बेला उनीहरुले एकताको सन्देश दिए। 

वैवाहिक कार्यक्रम सम्पन्न गरेपछि दुलहा पक्षलाई सकुशल विदाइ गरिएको थियो। छोरीको विदाइपछि बाबुले विवाहमा आफ्ना आफन्तलाई उपस्थित गराउन नसकेको भन्दै गुनासो गरे। ‘छोरीको विवाहका कोही पनि आफ्न्तलाई सहभागी बनाउन सकिएन’, उनले भने, ‘हाम्रा छिमेकी मुस्लिम छन्, उनीहरु पनि हाम्रो परिवार हुन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad