ad ad

समाज


नारायणीमा भेटियो अर्को शव, पहिचान खुल्न बाँकी

नारायणीमा भेटियो अर्को शव, पहिचान खुल्न बाँकी

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०८१ आइतबार १७:२१, काठमाडौँ

चितवनको भरतपुर महाननगरपालिका–२६ स्थित सिमावारमा नारायणी नदीले बगाएर ल्याएको अर्को एउटा शव फेला परेको छ। 

आइतबार दिउँसो ४ बजेर ३५ मिनेटमा सशस्त्र प्रहरी बल नेपाल नं १७ गणबाट खटिएको टोलीले एक पुरुषको शव फेला पारेको हो। 

शवको पहिचान खुलिसकेको छैन। 

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए।

बसहरू भने अझै फेला परेको छैन। सुरक्षाकर्मीको टोलीले खोजी कार्य जारी राखेको छ। 

सो दुर्घटनामा हराएका गाडीका यात्रुमध्ये ५ जनाको सनाखत भइसकेको छ। 

जसमा माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह, भारतको बिहार पश्चिम चम्पारण बेतियाथाना बस्ने वर्ष ३० कै प्रकाश ठाकुर, भारतको बेतिया मझेलिया थाना गुठिया इन्दु घर भएका ३० बर्षको सजाद अन्सारी रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .