ad ad

समाज


गृहमन्त्री लामिछानेविरुद्धको रिट फेरि 'हेर्दाहेर्दै', अर्को सुनुवाइ बुधबार

गृहमन्त्री लामिछानेविरुद्धको रिट फेरि 'हेर्दाहेर्दै', अर्को सुनुवाइ बुधबार

नेपालखबर
असार १८, २०८१ मंगलबार १७:५२, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ आज पनि सकिएन।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा मंगलबार दिनभर बहस भए पनि नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ। भोलि (बुधबार) पनि निरन्तर सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ।

गत असार ७ गते पनि यही इजलासमा दिनभरजसो सुनुवाइ भएको थियो। 

लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गर्न माग गर्दै अनुपम भट्टराईले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए।

सहकारी ठगी प्रकरणमा लामिछानेविरूद्ध समेत जाहेरी परेको दाबी गर्दै उनी गृहमन्त्रीका रूपमा रहन नमिल्ने जिकिर रिटमा गरिएको छ।

महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिँदै कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नपरेको भनी पत्र लेखेको थियो। उक्त पत्रको वैधानिकता जाँच हुनुपर्ने जिकिर पनि रिटमा गरिएको छ।

सर्वोच्चले पोखरामा दर्ता भएको जाहेरीदेखि रुपन्देही जिल्ला अदालतमा पेस अभियोग पत्रसम्म मगाउने आदेश दिएको थियो। 

सर्वोच्चमा पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अध्ययन प्रतिवेदन पनि पेस भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .