ad ad

राजनीति


विपक्षी दलका नेताहरूलाई बोलाएर देउवाले भने– राष्ट्रिय सरकारमा सँगै जाऔँ

विपक्षी दलका नेताहरूलाई बोलाएर देउवाले भने– राष्ट्रिय सरकारमा सँगै जाऔँ

नेपालखबर
असार १८, २०८१ मंगलबार १८:७, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गरेका छन्। सोमबार राति नेकपा एमालेसँग नयाँ सत्ता सहकार्य गरेर अघि बढ्ने समझदारी गरेका देउवाले मंगलबार साँझ विपक्षी दलका नेताहरूसँग छलफल गरेका हुन्। 

छलफलमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला लगायतको उपस्थिति थियो। 

विपक्षी दलको बैठकमा सभापति देउवाले राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको भन्दै सहकार्य गर्न आग्रह गरेका थिए।

‘सरकार निर्माणमा साथ लिएर जाऔँ भन्नुभएको छ,’ बैठकमा सहभागी एक नेताले नेपालखबरसँग भने।

उनका अनुसार, देउवाले हिजो विपक्षी गठबन्धनमा सँगै हिँडेको र अहिले पनि देशको हितका लागि सँगै अघि बढ्नुपर्ने बताएका थिए। 

बैठकमा राप्रपा अध्यक्ष लिङ्देनलले संविधान संशोधनको विषय सकारात्मक भएको भन्दै यसमा आफ्नो साथ रहने बताए। 

त्यस्तै, बैठकमा सहभागी भएका मधेसी दलका नेताहरू उपेन्द्र र महन्थले आफूहरूको समर्थन रहेको जानकारी देउवालाई गराए।

उनीहरूले सार्वजिनक रुपमै आफूहरूको समर्थनबारे जानकारी गराएको भन्दै देउवालाई संविधान संशोधनका लागि शुभकामना समेत दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .