ad ad

समाज


पोल्यान्डमा दूतावासको घुम्ती सेवा सम्पन्न, ७ सय ५६ जनाले गरे राहदानी नवीकरण

पोल्यान्डमा दूतावासको घुम्ती सेवा सम्पन्न, ७ सय ५६ जनाले गरे राहदानी नवीकरण

नेपालखबर
असार १८, २०८१ मंगलबार १५:४५, काठमाडौँ

पोल्यान्ड कार्यक्षेत्रसमेत रहेको नेपाली दूतावास जर्मनीले पोल्यान्डको राजधानी वार्सामा त्यहाँ बसोबासरत नेपालीका लागि ५ दिने घुम्ती सेवा सम्पन्न गरेको छ।

एनआरएनए पोल्यान्डको व्यवस्थापनमा बर्लिनस्थित नेपाली दूतावास जर्मनीबाट आएको टोलीले जुन २७ देखि जुलाई १ तारिख सम्म घुम्ती शिविरमार्फत पोल्यान्डमा आफ्नो सेवा प्रदान गरेको हो।

घुम्ती सेवाबाट ७ सय ५६ जनाले राहदानी नवीकरण र अन्य केहीले महत्त्वपूर्ण सिफारिसहरूको सेवा लिएको एनआरएनए पोल्यान्डका कावा अध्यक्ष अनिल थापाले जानकारी दिए।

घुम्ती सेवालाई सफल बनाउन खटिने दूतावासका कर्मचारी, वार्सास्थित वाणिज्य दूतावास, पोल्यान्डमा क्रियाशील सामाजिक संघसंस्थालाई एनआरएनए पोल्यान्डको तर्फबाट धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको अध्यक्ष थापाले बताए।

सेवाग्राहीबाट राहदानी नवीकरणमा सरकारी राजस्व  र हुलाक खर्चबाहेक अतिरिक्त शुल्कको नाममा अन्य कुनै पनि रकम नलिएको उनले बताए। यसअघि रोमानियामा तत्कालीन वाणिज्यदूत नवराज पोखरेलले सेवाग्राहीबाट कयौँ गुणा बढी रकम उठाएपछि जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले कारबाही गरेका थिए। 

जर्मनीस्थित नेपाली राजदूतावासको कार्यक्षेत्र पोल्यान्ड, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हंगेरी, रोमानिया, बुल्गेरिया, युक्रेन र भ्याटिकन सिटी (होलिसी) समेत पर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .