ad ad

राजनीति


कसलाई जोगाउन रातारात सत्ता परिवर्तन भयो सबैले बुझेका छन् : रवि लामिछाने

कसलाई जोगाउन रातारात सत्ता परिवर्तन भयो सबैले बुझेका छन् : रवि लामिछाने

नेपालखबर
असार १८, २०८१ मंगलबार १५:४६, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रातारात सत्ता परिवर्तनको खेल हुनुको कारण जनताले राम्रोसँग बुझेको टिप्पणी गरेका छन्। 

मंगलबार पार्टीको सचिवालय बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले  सुशासनका लागि केही मानिसहरू पक्राउ पर्दा सरकार परिवर्तन गरिएको दाबी गरे। 

‘देशलाई आउन लागेको संकट थियो, कि भ्रष्टहरूलाई जोगाउन संकट आएको थियो। सुशासनका लागि केही मानिसहरू पक्राउ परे, यो के संकट थियो? कसलाई जोगाउन रातारात परिवर्तन भयो, यति पनि बुझ्न सकिँदैन र?,’ उनले भने। 

भुटानी शरणार्थीको प्रकरणमा बेचन झालाई पक्राउ गरेपछि यस्तो भएको हो? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भने, ‘अनि यो बेचैनीको अर्को के अर्थ होला र? एकाएक संविधान जोगाउने चिन्ता आयो। यो संविधान हो कि अरू केही जोगाउन खोजेको हो, यति पनि बुझ्न नसक्ने भन्ने हुन्छ र?’

संविधान निर्माण गर्ने अवस्था अथवा ठूला राजनीतिक घटना घटेमा मात्रै दलहरू मिल्ने प्रक्रिया हुने भन्दै उनले प्रश्न गरे, ‘आज के संकट आयो?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .