ad ad

कारोबार


डिशहोमले ल्यायो नेपालकै पहिलो भोजपुरी च्यानल

डिशहोमले ल्यायो नेपालकै पहिलो भोजपुरी च्यानल

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ५:२८,

टिभी सेवा प्रदायक कम्पनी डिशहोमले भोजपुरी च्यानल सञ्चालनमा ल्याएको छ। नेपाली दर्शकको मनोरञ्जनको चाहनालाई ध्यानमा राखेर डिशहोमले विभिन्न एक्सक्लुसिभ च्यानलहरु सञ्चालन गर्दै आएको छ।

डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाहरुको लागि राइम्स र जुनियर टिभी, घरमा नै बसेर नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रसारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेको थियो।

भोजपुरी भाषाको मनोरञ्जनात्मक ‘भोजपुरी म्याजिक’ नामक च्यानल पनि सुरु गरेको छ।

भोजपुरी चलचित्र र गीतहरु प्रसारण हुने यस च्यानलले नेपाली दर्शक लाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिनेछ। साथमा भोजपुरी भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रसारण गरिनेछ, जसबाट क्षेत्रिय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभा लाई समेत नेपालभर पु¥याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ।

आगामी दिनहरुमा पनि डिशहोमको ग्राहकहरुको मनोरञ्जनका लागि भिन्न खालका सामग्री प्रसारण हुने विभिन्न च्यानलहरु थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .