ad ad

समाज


काठमाडौँमा भिख माग्न आएका भारतीयले सुनको रिङ लुटे, दुई जना पक्राउ

काठमाडौँमा भिख माग्न आएका भारतीयले सुनको रिङ लुटे, दुई जना पक्राउ

नेपालखबर
असार १४, २०८१ शुक्रबार १४:८, काठमाडौँ

काठमाडौँमा  सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। 

काठमाडौँ महानगरपालिका ३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका १२ की ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ। 

पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन्।

पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएको खबरपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरूमाथि थप अनुसन्धान गरिरहेको पनि परिसरका एसपी नवराज अधिकारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .