ad ad

कारोबार


एनएमबी बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

एनएमबी बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

नेपालखबर
असार १४, २०८१ शुक्रबार १४:११, काठमाडौँ

एनएमबी बैंकले एमएसएमई दिवसको मनाएको छ। 

अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो। 

कार्यक्रममा बैंकका बिभिन्न शाखाहरुका ८०० भन्दा बढि ग्राहकहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा एमएसएमईका ग्राहहरुलाई लेखा, वित्त, मार्केटिङ्ग, डिजिटलाईजेसनजस्ता विषयहरुको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो। 

कार्यक्रममा उपस्थित ग्राहकहरुबीच एक आपसमा सम्बन्ध जोड्न र उनीहरुको व्यवसाय प्रवर्द्धन गर्नको लागि बैंकले सहजीकरण गर्दै ग्राहकहरुलाई उनीहरुको व्यवसायमा आइपरेको विभिन्न समस्याहरु समाधान गर्नको लागि सुझाव दिइएको थियो भने उपस्थित केही ग्राहकहरुले आफ्नो सफलतका कथाहरु समेत सुनाएका थिए।

एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आइरहेको बैंकले एमएसएमई दिवस विगत ३ वर्षदेखि मनाउँदै आएको छ। यस्ता कार्यक्रममा उपस्थित ग्राहकहरुले प्रतिस्पर्धात्मक बजारमा आफूलाई सशक्त बनाएर आफ्नो व्यापार व्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको जनाएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .