ad ad

समाज


१६ वर्षीय विकलको विडम्बनाः पहिरोमा पुरिएको भोलिपल्ट एसईई पासको नतिजा!

१६ वर्षीय विकलको विडम्बनाः पहिरोमा पुरिएको भोलिपल्ट एसईई पासको नतिजा!

पहिरोले पुरिएको घर, विकल सुनार र उनको स्कुलबाट एसईई पास भएको टिपोट


नेपालखबर
असार १४, २०८१ शुक्रबार १२:८, काठमाडौँ

लमजुङको दोर्दी गाउँपालिका-९, स्याउत सुनार गाउँका १६ वर्षीय विकल सुनारले चैतमा दिएको एसईईको नतिजा भोलिपल्ट (असार १३ गते) आउँदै थियो। उनी त्यसका लागि उत्सुक थिए। 

तर दुर्भाग्य! अघिल्लो दिन बुधबार (असार १२ गते) बिहानै उनलाई चिकित्सकले मृत घोषणा गरे। मंगलबार राति उनी सुतिरहेको घर पहिरोले पुर्‍यो। दाइ १८ वर्षीय मिलन सुनारसहित उनी पनि घाइते भए। 

दुवैजनालाई उपचारका लागि बुधबार बिहानै बेँसीसहरस्थित लमजुङ अस्पताल ल्याइयो। तर ल्याउनेबित्तिकै दुई दाजुभाइमध्ये विकललाई चिकित्सकले मृत घोषणा गरे। 

त्यसको भोलिपल्ट बिहीबार (असार १३ गते) बिहान एसईईको नतिजा सार्वजनिक भयो। 

स्थानीय जनकल्याण माध्यमिक विद्यालयमा पढ्ने उनी पनि २.८० जीपीएका साथ उत्तीर्ण भए। 

विडम्बना! उनी आफूले भने त्यो खबर सुन्न पाएनन्। 

‘बडो दुःखद घटना भयो’, दोर्दी गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेले शुक्रबार बिहान नेपालखबरसँग भने। 

अहिले सामाजिक सञ्जालमा सुनारको तस्बिर राखेर धेरैले दुःख व्यक्त गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .