ad ad

समाज


वृश्चिकलाई धनप्राप्ति, सिंहको प्रियजनसँग खटपट हुने, तपाईँको के? हेर्नुस् असार १४ को राशिफल

वृश्चिकलाई धनप्राप्ति, सिंहको प्रियजनसँग खटपट हुने, तपाईँको के? हेर्नुस् असार १४ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
असार १४, २०८१ शुक्रबार ४:४०, काठमाडौँ

आज शुक्रबार, १४ असार २०८१ (२८ जुन २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ। प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ। साँझमा भने साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : आफन्त, प्रेमी वा बन्धुबान्धवबाट विशेष सहयोग मिल्नेछ। कसैलाई सन्तान लाभ हुन सक्छ। सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ। दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राख्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन : शुभकार्यको चर्चा चल्नेछ। रमणीय र सुखद यात्राको योग छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। प्रेम जीवन सफल र सुखद रहने देखिन्छ।

भाग्यशाली रङ खैरो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, वैदेशिक कार्यमा ४६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क पनि ५६ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : प्रतिष्ठित काम गरेर महत्त्वपूर्ण अवसर हात पार्ने समय छ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। लाभदायक र सुखद यात्रा हुने योग छ। मनोबल उच्च रहनेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शिवजीको स्मरण गरी कामको सुरुआत। सजिलै अरूको विश्वास नगर्ने।

सिंह : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्यारो साथीसँग भने मन खिन्न रहनेछ। तसर्थ, प्रेमी/प्रेमिकाको विचारलाई कदर गर्नु उचित हुनेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कन्या : नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। आर्थिक कारोबारमा राम्रै लाभ हुनेछ। नयाँ व्यक्तिसँग भेटघाट होला।

भाग्यशाली रङ सेतो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहको स्मरण गरी कामको सुरुआत गर्ने। अरूलाई दु:ख दिने काम नगर्ने।

तुला : छोटो दूरीको लाभदायक यात्रा हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। प्रेम जीवनमा पारिवारिक साथ मिल्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाइनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीको दर्शन गर्ने। निलो रङको प्रयोग नगर्ने।

वृश्चिक : मङ्गल र शुभकार्यको चर्चा चल्नेछ। धैर्य गरी मेहनत गरेमा कार्यसिद्धि हुन सक्छ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। आकस्मिक धन लाभ हुन सक्छ। साँझमा मन खुसी हुने समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ आकासे हो भने र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशाको यात्रा नगर्ने।

धनु : यात्रामा सावधानी अपनाउनु पर्नेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। नजिकका व्यक्तिबाट धोका पाइएला। आफ्नै दक्षतामा कार्य सम्पन्न हुनेछ। बौद्धिकताको विकास हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। पहेँलो रङको प्रयोग नगर्ने।

मकर : भाग्यले विभिन्न अवसर जुराउनेछ। आँटेको र ताकेको कार्य पूरा हुनेछ। चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। शिक्षामा सफलता पाइनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कुम्भ : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : पारिवारिक जमघट तथा सामूहिक कार्यमा सहभागी भइनेछ। प्रेम जीवनमा मन जित्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। राज्यबाट मान सम्मान पाइनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .