ad ad

समाज


पछिल्लो २४ घण्टामा मुलुकका ७ स्थानमा धेरै भारी वर्षा

पछिल्लो २४ घण्टामा मुलुकका ७ स्थानमा धेरै भारी वर्षा

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
असार १२, २०८१ बुधबार ९:३५, काठमाडौँ

मनसुन सक्रिय भएसँगै देशभर विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। 

पछिल्लो २४ घण्टामा मुलुकका ७ स्थानमा ‘धेरै भारी’ वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज (बुधबार) बिहान ९ः१५ बजेसम्म दिएको तथ्यांकअनुसार पाल्पा, कास्की, लमजुङ, सोलुखुम्बु, सिरहा, उदयपुर र झापाका एक/एक स्थानमा धेरै भारी वर्षा मापन भएको हो। 

जसअनुसार सबैभन्दा धेरै कास्कीको लामापाटनमा १४९.८ मिलिमिटर वर्षा भएको छ। यसपछि दोस्रोमा सबैभन्दा बढी वर्षा सोलुखुम्बुको पेकरनासमा १२०.२ मिलिमिटर वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ। 

सो अवधि (मंगलबार बिहान ९:१५ देखि बुधबार बिहान ९:१५ सम्म) मा लमजुङको बेँसीसहर (खुदीबजार) मा ११७.६, झापाको कन्काईमा ११२.८ पाल्पाको बल्ड्याङगडीमा १०८.६, सिरहाको धोधनामा १०३.४ र उदयपुरको सुन्दरपुरमा १०१.६ मिलिमिटर वर्षा भएको महाशाखाले उल्लेख गरेको छ। 

यस अवधिमा भारी वर्षा त अझ धेरै ठाउँमा भएको छ। 

मौसमविद्का अनुुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि, सय मिलिमिटर भन्दा मुनिको वर्षा भयो भने भारी तथा सय मिलिमिटरभन्दा माथि, दुई सय मिलिमिटरभन्दा मुनिको वर्षा भयो भने त्यसलाई धेरै भारी वर्षा भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .