देशभरसँगै काठमाडौँ उपत्यकामा पनि केही दिनयता वर्षा हुने क्रम जारी छ।
यस क्रममा आज बिहान पनि काठमाडौँ उपत्यकाका धेरै ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए।
यो खबर लेख्ने बेला भने काठमाडौँ उपत्यकामा पानी पर्ने क्रम केही कम भएको छ।
‘तर उपत्यकाको विशेषगरी दक्षिण र दक्षिण-पश्चिम क्षेत्रमा वर्षा गराउने बादल बढिरहेको छ’, मौसमविद् अधिकारीले भने, ‘फेरि पानी पर्छ, दिउँसोभन्दा राति अझ बढी वर्षाको सम्भावना छ।’
अहिलेसम्म काठमाडौँ उपत्यकामा भारी वर्षा नभएको र हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको उनले बताए।
576
Shares
प्रतिक्रिया