भारी वर्षाले मोरङको विराटनगर महानगरपालिका क्षेत्र डुबानमा परेको छ।
महानगरपालिकाका प्रमुख नागेश कोइरालाका अनुसार महानगरपालिकाका सबैजसो वडाका बस्तीमा पानी पसेको छ।
‘अहिले हामी सहजीकरण र उद्धारमा खटिरहेका छौँ’, उनले भने, ‘दुईतिरको खोलाले महानगरपालिकाका सबै वडा प्रभावित भएका छन्।’
उनका अनुसार विराटनगर महानगरपालिका क्षेत्रका पूर्व र पश्चिम रहेका दुई खोलामा आएको बाढीले नजिकका गाउँबस्ती जलमग्न भएका हुन्।
उनका अनुसार महानगरपालिकाको पूर्व केसलिया खोला छ भने पश्चिम सिंगिया खोला छ।
महानगरपालिकाका १, २, ८ नम्बर वडाका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए।
108
Shares
प्रतिक्रिया