समाज


प्युठानमा जनता आवास कार्यक्रम : ११० घर निर्माण हुने

प्युठानमा जनता आवास कार्यक्रम : ११० घर निर्माण हुने

नेपालखबर
फागुन १४, २०७६ बुधबार १०:२४,

प्रदेश नं ५ सरकारले प्युठानमा जनता आवास कार्यक्रम सञ्चालन गर्दैछ। कार्यक्रममार्फत जिल्लाका विपन्न वर्गका लागि विभिन्न बस्तीमा ११० घर निर्माण हुने भएका छन्। आर्थिक वर्ष ०७६/०७७ का लागि जिल्लाको क्षेत्र नं. १ मा ५५ र क्षेत्र नं २ मा ५५ घर निर्माण हुन् लागेको प्युठान क्षेत्र नं १ का प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले जानकारी दिए। दलित, जनजाति, विपन्न र पिछडियाका वर्गको लागि जनता आवास कार्यक्रममार्फत घर निर्माण हुने उनले बताए।

प्रतिघर तीन लाख ३० हजार बजेट
प्रतिघर निर्माणका लागि प्रदेश सरकारले रु तीन लाख ३० हजारका दरले बजेट छुट्याएको छ। उक्त घरको लागि २० प्रतिशत स्वयं व्यक्तिको श्रमदान रहने छ। नयाँ बन्ने घरमा दुई कोठा ब्रण्डासहित शौचालयसमेत हुने रिजालले बताए। विपन्न परिवारको व्यक्तिगत जग्गा भएकाको उनीकै जग्गामा र नभएकाको पालिकास्तरबाट त्यसको व्यवस्थापन गर्न सकिने रिजालले बताए।

जनता आवासमार्फत अब बन्ने घर चालु आर्थिक वर्षको असारसम्म निर्माण हुनुपर्नेछ। चालु आवमै विपन्न परिवारलाई हस्तान्तरण गरिने प्रदेशसभा सदस्य रिजालले बताए। पालिकाको निर्णय र प्राविधिकले अनुगमन गरेपछि घर निर्माणको कार्य शुरुआत हुनेछ। सदस्य रिजालले आगामी दिनमा भएगरेका कामको कमीकमजोरी औँल्याउँदै अझ जिल्लामा प्रभावकारी कार्यक्रम ल्याउने योजना भएको बताए। जिल्लामा कुन कुन ठाउँका विपन्न परिवारलाई घर बनाइदिने निर्णयसहित प्रदेश सरकारसँग माग गरेको उनको भनाइ छ।

जिल्लाका यी क्षेत्रमा निर्माण हुँदै घर
प्युठान क्षेत्र नं १ अन्तर्गत प्युठान नगरपालिका–३ विजयनगरमा दलित बस्तीमा ११, स्वर्गद्वारी नगरपालिका–८ चाल्नेटारमा १२, ऐरावती गाउँपालिका–१ दाङवाङको खल्नेटामा १४, सरुमारानी गाउँपालिका–१, २, ३ र ४ मा पनि १८ वटा नयाँ घर निर्माण हुने भएका छन्। यसैगरी क्षेत्र नं। २ अन्तर्गत गौमुखी गाउँपालिका–४ पुँजामा १५, गौमुखी गाउँपालिका–६ लिवाङमा सात, झिमरुक गाउँपालिका–७ मा १५, प्युठान नगरपालिका–८ मा १३ घर निर्माण गरिने प्रदेशसभा सदस्य रिजालले बताए। यस्तै प्युठान नगरपालिका–७ मा पनि पाँच वटा लक्षित वर्गका लागि नयाँ घर निर्माण हुने उनको भनाइ छ।

अघिल्लो वर्ष २६ घर लक्षित वर्गलाई हस्तान्तरण
गत वर्ष प्रदेश सरकारको बजेटमार्फत जिल्लामा २६ नयाँ घर निर्माण भएका थिए। निर्माण गरिएका घर लक्षित वर्गलाई हस्तान्तरण गरिसकेको प्रदेशसभा सदस्य रिजालले जानकारी दिए। गत वर्ष जिल्लाको सरुमारानी गाउँपालिकाअन्तर्गतका बस्तीमा १८ र नौवहिनी गाउँपालिका– ५ मा आठ घर निर्माण भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad