ad ad

समाज


सशस्त्र प्रहरीका १८ एसपी र २३७ डीएसपीको सरुवा

सशस्त्र प्रहरीका १८ एसपी र २३७ डीएसपीको सरुवा

फाइल तस्बिर


नेपालखबर
असार १०, २०८१ सोमबार ११:५५, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालका १८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र २ सय ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरू (डीएसपी) को सरुवा गरिएको छ। 

निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमान्डको जिम्मेवारीमा रहेका एसपीहरूलाई सरुवा गरिएको हो। अवकाश हुन लागेका एसपीहरूलाई इन्चार्जबाट अलग गरिएको हो। 

यस्तै डीएसपीहरूलाई २०८० असोज १ गते प्रकाशित कमाण्ड पूर्वानुमान सूचीको आधारमा सरुवा गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

२ वर्ष अवधि पूरा भएका र कमान्डको जिम्मेवारीमा रहेका डीएसपीहरूलाई एकसाथ सरुवा गरिएको हो। सरुवा गरिएकामध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको जिम्मेवारी पाएका छन्।

पूर्वानुमान सूची अनुसार कमान्ड जिम्मेवारीमा खटिन बाँकी रहेका र अन्य सशस्त्र प्रहरी नायव उपरीक्षकहरूलाई समेटी आगामी कमान्डको लागि संगठनले छिट्टै नयाँ पूर्वानुमान सूची प्रकाशन गर्ने जनाएको छ। 

सशस्त्र प्रहरी बल नेपालले विगत २ वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म करिब १० महिना अघिदेखि नै ज्येष्ठताक्रमअनुसार कमान्ड पूर्वानुमान सूची प्रकाशित गरी सोहीअनुसार कमान्डमा पठाउँदै आएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .