ad ad

समाज


पेस्तोलसहित रौतहटबाट एक भारतीय पक्राउ

पेस्तोलसहित रौतहटबाट एक भारतीय पक्राउ

नेपालखबर
असार १०, २०८१ सोमबार १२:१, राैतहट

रौतहटमा सशस्त्र प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ। 

गौर नगरपालिका–२ महादेवपट्टीस्थित सीमा इलाकाबाट सोमबार बिहान सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

भारतको सितामढी बैरगनिया–३ असोगी घर बताउने अन्दाजी २१ वर्षीय राहुल रामलाई प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले पक्राउ गरेको हो। 

भारतीय नम्बर प्लेटको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले जाँच गर्दा मोटरसाईकलको टुलबक्स राख्ने ठाउँमा लुकाएर ल्याएको अवस्थतामा फेला पारेको हो। 

उनलाई सशस्त्र प्रहरीले बरामद पेस्तोल तथा मोटरसाईकलसहित थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .