ad ad

समाज


आफैँलाई गोली हानेका संघीय संसद् भवनमा कार्यरत प्रहरी जवानको मृत्यु

आफैँलाई गोली हानेका संघीय संसद् भवनमा कार्यरत प्रहरी जवानको मृत्यु

घटनास्थल। तस्बिर : सरोज बैजु


नेपालखबर
असार ५, २०८१ बुधबार १०:०, काठमाडौँ

आज (बुधबार) बिहान आफैँलाई गोली हानेका संघीय संसद् भवनमा कार्यरत नेपाल प्रहरीका जवान अजित गोलेको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आफैँले गरेको गोली प्रहारबाट प्रहरी जवान गोलेको घटनास्थलमै मृत्यु भएको हो।  

‘संघीय संसद् भवनको पश्चिमपट्टि २ नम्बर गेटमा सुरक्षार्थ हतियारसहित ड्युटीमा खटिएका नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद् सुरक्षा बेस नयाँ बानेश्वरमा कार्यरत प्रहरी जवान गोलेले अन्दाजी बिहान ८ बजेतिर उक्त गेटको बाँयापट्टि रहेको शौचालयमा गएका बेला आफूले बोकेको इन्सास राइफलले आफ्नो निधारमा फायर गरेका रहेछन्’, एसपी अधिकारीले भने, ‘अन्दाजी आज बिहान ८ः१५ बजे उनी मृत अवस्थामा फेला परेका हुन्।’

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका उनी २२ वर्षाका थिए। 

किन आफैँलाई गोली हाने भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .