हङकङ : व्यस्त सडकमा बँदेल निस्केपछि...

हङकङ : व्यस्त सडकमा बँदेल निस्केपछि...

सामसुइ पोमा बिहान सवा १० बजे दुई वटा बँदेल देखिएका थिए (एससीएमपी)


नेपालखबर
असार ५, २०८१ बुधबार १०:२१, हङकङ

बुधबार बिहान हङकङको व्यस्त जिल्ला सामसुइ पोस्थित ताइपो सडकमा दुई वटा बँदेल देखिएपछि सडकको एक खण्ड बन्द गरिएको छ।

ताइपो रोड र नाम चोङ स्ट्रिटको चोकमा गस्तीमा रहेका प्रहरीले बिहान करिब सवा १० बजे बँदेल देखेका थिए।

व्यस्त ठाउँमा बँदेल देखिएपछि प्रहरीले निगरानी बढाएको थियो।

सडकमा निस्केका बँदेल ताइपो रोडको छेउमा रहेको सेङलि यूके बगैँचामा छिरेका थिए।

‘बँदेल बगैँचामा छिरेपछि त्यहाँको प्रवेशद्वार अधिकारीहरूले बन्द गरेका छन्। हामी कृषि, मत्स्यपालन तथा संरक्षण विभागका कर्मचारीको पर्खाइमा छौँ,’ स्थानीय समयअनुसार दिउँसो १२ बजे प्रकाशित समाचारमा प्रहरी प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ।

बँदेलको आक्रमणबाट मानिसलाई बचाउन घटनास्थललाई प्रहरीले सुरक्षा घेरामा राख्नुका साथै ताइपो रोडको उत्तरतर्फको लेन बन्द गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .