ad ad

समाज


संघीय संसद् भवनभित्र प्रहरी जवानले आफैँलाई हाने गोली

संघीय संसद् भवनभित्र प्रहरी जवानले आफैँलाई हाने गोली

नेपालखबर
असार ५, २०८१ बुधबार ९:४७, काठमाडौँ

संघीय संसद् भवनभित्र आज बुधबार बिहान नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार केही बेरअघि एकजना प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरेका हुन्। 

२२ वर्षीय प्रहरी जवानले शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन्। 

‘घटनाबारे भर्खर जानकारी प्राप्त भएको छ’, उनले भने, ‘यस विषयमा हामी अनुसन्धान गरिरहेका छौँ।’

अहिले प्रहरी जवानको नामलगायत विस्तृत विवरण खुलिनसकेको एसपी अधिकारीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .