ad ad

समाज


दुई छोरालाई आमाले नै विष खुवाएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष

दुई छोरालाई आमाले नै विष खुवाएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष

नेपालखबर
असार २, २०८१ आइतबार २१:४३, काठमाडौँ

झापामा दुई छोरासहित मृत फेला परेकी महिलाको हत्या नभई आत्महत्या भएको प्रारम्भिक निस्कर्षमा प्रहरी पुगेको छ।

गत शुक्रबार शिवसताक्षी नगरपालिका–३ भोटेपुलकी २५ वर्षीया अन्जली बेस्रा आफ्ना दुई छोरासहित घरभित्र मृत फेला परेकी थिइन्। उनीहरुको पोष्टमार्टम रिपोर्ट र घटनास्थलको अनुसन्धानपछि घटनामा बाह्य व्यक्तिको संलग्नता नदेखिएको प्रहरीको निस्कर्ष छ।

घरभित्रै झुण्डिएकी अन्जलीका दुई छोरा ८ वर्षका विशाल बेस्रा र २ वर्षका आयुष बेस्रा घरभित्रै बेडमा मृत फेला परेका थिए। उनीहरुलाई विष सेवन गराएर आमाले नै हत्या गरेको र आफू पनि झुण्डिएर आत्माहत्या गरेको प्रहरीको अनुमान छ।

पोष्टमार्टम रिपोर्टमा पनि आमाको मृत्यु झुण्डिएर भएको र दुई छोराको मृत्यु  विष सेवनका कारण भएको चिकित्सकले प्रहरीलाई बताएका छन्।

यस्तै मृतक अन्जलीले विष पनि सेवन गरेको पाइएको छ।

‘अहिलेसम्मको अनुसन्धानमा महिलाको ह्याङ्गिङ र दुई बच्चाको विष सेवनबाट मृत्यु भएको देखिएको छ। तीनै जनाको भिसेरा निकालेर परीक्षणका लागि पठाइएको छ। भिसेराको रिपोर्ट आएपछि थप कुरा प्रमाणित हुन्छ। तर अहिलेसम्म हेर्दा महिलाले बच्चालाई पैजन खुवाएर आफू झुण्डिएको हो कि भन्ने नै देखिन्छ’, जिल्ला प्रहरी कार्यालय झापाका अनुसन्धान अधिकारीले नेपालखबरसँग भने।

आमाले पनि विष सेवन गरेको तर त्यसपछि झुण्डिएको प्रहरीको ठम्याइछ।

‘घटना शंकास्पद छैन। तर के कारणले ममृत्यु भएको हो भन्ने मात्रै खुल्न सकेको छैन। यसका लागि उनको मोवाइल परक्षिणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएका छौं। ल्याबको रिपोर्ट आएपछि मृत्युको कारण पनि खुल्ला!’, ती अधिकारीले भने।

मृतक अन्जलीका पति भने रोजगारीका लागि कतारमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .