ad ad

समाज


३ प्रदेशमा वर्षा हुँदै, आज दिउँसो र राति ४ प्रदेशमा पानी पर्ने अनुमान

३ प्रदेशमा वर्षा हुँदै, आज दिउँसो र राति ४ प्रदेशमा पानी पर्ने अनुमान

फाइल तस्बिर


नेपालखबर
असार २, २०८१ आइतबार ६:३४, काठमाडौँ

हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

यतिबेला (आइतबार बिहान) कोसी र मधेस प्रदेशमा साधारणतया बदलीको अवस्था छ। त्यस्तै गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली छ भने बाँकी भूभागको मौसम आंशिक बदली छ। 

अहिले कोसी प्रदेशका केही स्थान तथा मधेश र बाग्मती प्रदेशका थोरै स्थानमामा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेश लगायत बाँकी भूभागका एक(दुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिकदेखी  मौसम मुख्यतया सफा रहने छ। 

कोसी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

कस्तो होला सोमबार र मंगलबारको मौसम?

२०८१ असार ३ गते सोमबार

दिउँसोː कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेस प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

रातीː कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, मधेस प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

२०८१ असार ४ गते मंगलबार

दिउँसोː कोसी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी र  बागमती प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

रातिː कोसी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .