ad ad

समाज


आयोगले औंल्यायो मन्त्री रवीन्द्र अधिकारीसहित ७ को ज्यान जाने हेलिकप्टर दुर्घटनाका यी कारण

आयोगले औंल्यायो मन्त्री रवीन्द्र अधिकारीसहित ७ को ज्यान जाने हेलिकप्टर दुर्घटनाका यी कारण

नेपालखबर
फागुन १२, २०७६ सोमबार १५:२२,

एक वर्षअघि तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङ पाथिभरामा भएको हेलिकप्टर दुर्घटना पाइलट अति उत्साहित भएका कारण हुनसक्ने छानविन आयाेगले बताएको छ।

‘प्रतिकूल मौसमबीच पाथिभराको हेलिप्याडबाट उडान गर्नासाथ पाइलट अति उत्साहित अवस्थाबाट प्रभावित भएको हुनसक्ने देखिन्छ। त्यसपछि उनले तुरुन्तै जोडसँग आएको हावाको झोक्का र हिमपातले उनलाई मौसमको प्राविधिक जानकारीका आधारमा मात्र उडान गर्नुपर्ने अवस्थामा पुर्याउँछ। त्यहाँको अवस्थागत जानकारी र हेलिकप्टरको नियन्त्रण उनले गुमाउँछन् र अन्ततः जमिनमा बजारिन्छ,’ दूर्घटनाकाे संभावित प्रमुख कारणबारे प्रतिवेदनमा भनिएको छ।

सरकारले गतवर्ष यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठन गरेको आयोगले सो प्रतिवेदन आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई बुझाएको हो।

समितिमा व्रिगेडियर जनरल दीपकप्रसाद बास्तोला र अवकाशप्राप्त पाइलट कर्णेल प्रमोदकुमार लामा सदस्य थिए भने बुद्धिसागर लामिछाने सदस्य सचिव थिए।

pathibhara 1

सो आयोगले दुर्घटना हुनुका ६ कारण बताएको छ। त्यसमा प्रतिकूल मौसम, अघिल्लो सिटमा क्षमताभन्दा बढि लोड (भार) र विग्रँदो मौसमका कारण त्यहाँ रहेका व्यक्तिहरु छिटोभन्दा छिटो त्यहाँबाट निस्कने चिन्ता बताइएको छ।

त्यसैगरि, विन्डसिल्डको बाहिरीभागमा हिउँ जमेका कारण बाहिरी दृष्य (भिजिबिलिटी) कम हुनु, संस्थाकाे पर्याप्त संचालन निगरानीको कमी र उडानपूर्वको तयारीमा कमी तथा व्यक्तिहरुको लोड आँकलनको कमीलाई पनि दूर्घटना निम्त्याउने कारणको रुपमा बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .