ad ad

समाज


पहिलो पटक चन्द्रमामा यान अवतरण गराउन सहयोग गर्ने गणितज्ञको मृत्यु

पहिलो पटक चन्द्रमामा यान अवतरण गराउन सहयोग गर्ने गणितज्ञको मृत्यु

नेपालखबर
फागुन १२, २०७६ सोमबार १५:४२,

चन्द्रमामा मानिसको पहिलो पाइला टेक्न सहयोग गर्ने गणितज्ञ क्याथरिन जोनसनको एक सय एक वर्षमा मृत्यु भएको छ।

उनले सन् १९६० को दशकमा एपोलो ११ यानलाई चन्द्रमामा अवतरण गर्ने प्रक्षेपण पथको हिसाब तयार गरेकी थिइन्। त्यसैलाई पछ्याएर सन् १९६९ मा निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेकेका थिए।

उनको सानो गल्तीले पनि यान र त्यसमा रहेका मानिसको ज्यान जान सक्थ्यो। त्यसअघि उनले अन्तरीक्षमा जाने पहिलो अमेरिकी यात्री एलन बी सेफर्डको यात्रामा पनि सघाएकी थिइन्।

जोनसन नासामा रहेका अश्वेत महिला गणितज्ञहरुको एउटा सानो समूहको एक सदस्य थिइन्।

तर, नासाकोे फ्लाइट रिसर्च डिभिजनमा ३३ वर्ष अत्यन्त महत्वपूर्ण काम गरेपनि जोनसन र उनीजस्ता महिलाको नाम कसैले सुनेको थिएन। त्यसयता सयौँ महिलाले नासामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

महिला, त्यसमाथि अश्वेत भएकाले उनीहरु इतिहासको पानामा नाम लेखाउनबाट लामो समय वञ्चित रहे।

सन् २०१६ मा जोनसनसहित नासाका अश्वेत महिला गणितज्ञहरुको कामबारे एउटा फिल्म बन्यो। जसको नाम थियो, हिडन फिगर्स। त्यसपछि मात्रै संसारले क्याथरिन र उनका साथीहरुको कामको महत्व बुझेको थियो।

सो फिल्म ओस्कारमा तीन वटा विधामा मनोनित भएको थियो। फिल्मले अवार्ड नजितेपनि ओस्कार समारोहमा त्यसबेला ९८ वर्ष पुगेकी जोनसनलाई स्ट्यान्डिङ ओभेसन दिइएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .